‘‘कसैले बनाइदिएको संविधान उपभोग गर्न होइन, हामी समृद्ध नेपाल बनाउन आएका हौं’’ 

नेपालभ्युज

‘‘कसैले बनाइदिएको संविधान उपभोग गर्न होइन, हामी समृद्ध नेपाल बनाउन आएका हौं’’ 
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी समृद्ध नेपाल बनाउनका लागि आएको बताएका छन्। दशौं राष्ट्रिय अधिवेशनअन्तर्गत शनिबार वडा अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले एमालेले नै समृद्ध नेपाल बनाउने दाबी गरे।

‘‘कसैले ल्याइदिएको/बनाइदिएको संविधान उपभोग गर्न आएको होइन समृद्ध नेपाल बनाउनका लागि यो पार्टी आएको हो,’’ उनले बताए।

एमाले अध्यक्ष ओलीले लोकतन्त्र कानुन र संविधानको शासन भएकाले राज्यका अंग दुरुपयोग गरेर नभई एमाले स्वस्थ प्रतिस्पर्धामा जाने बताए। उनले अहिले पनि संसद्मा एमाले ठूलो शक्ति भएको बताउँदै चारैतिरबाट एमालेमाथि आक्रमण भइरहेको दाबी गरे।

‘‘संसद्मा हामी अहिले पनि ठूलो शक्ति छौं चारै तिरबाट हाम्रो पार्टीमाथि आक्रमण भइरहेको छ,’’ उनले भने,  ‘‘हामी निर्वाचित जनप्रतिनिधित्वको स्थानमा आज पनि छौ, राजनीतिक संगठानिक रुपमा पनि देशको ठूलो पार्टी छौ।’’

राष्ट्रब्यापि रुपमा एकतावद्ध भएर राष्ट्रिय आकंक्षा पूरा गर्न पार्टीलाई गतिशिल पार्टीको रुपमा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो।

जनता र देशको हितका लागि  एमालेले काम गरिरहेको दाबी गर्दै उनले सबै नेता कार्यकताको सहयोग, समर्थन र विश्वासले नेतृत्व सफल हुने बताए।

पार्टीमा सार्वभौमसत्ता कार्यकर्ता भएको र त्यसैको अभ्यास गरिरहेको बताउँदै उनले आफूहरूले अराजकता नचाहेको बताए।

‘‘सम्पूर्ण पक्षमा सर्वसम्मतको बाटो अपनायौँ त्यो लोकतन्त्रको एउटा उन्नत स्तरको कुरा हो, हाम्रो पार्टीको माग हो,’’  उनले भने, ‘‘आज विपक्षीहरु किन विवाद भएन भनेर छट्पटाइ रहेका छन्। विधान महाधिवेशनमा केही कतै पनि झगडा, विमतिजन्य कुरा भएन। किन यस्तो भयो? कतिले लान्छना लगाए।’’

पार्टीले स्थानीयदेखि केन्द्रसम्म एकताबद्ध भएर सर्वसम्मतमा जोड दिइरहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved