बेमौसमी वर्षा पीडित किसानलाई क्षतिपूर्ति दिन माग

बेमौसमी वर्षाले हजारौँ हेक्टर जमिनमा लगाइएको धान बाली नष्ट भएकाले कृषि क्षेत्रको क्षतिको मूल्यांकन गर्न पनि फाउन्डेसनले ध्यानाकर्षण गराएको छ।

नेपालभ्युज

बेमौसमी वर्षा पीडित किसानलाई क्षतिपूर्ति दिन माग
फाइल तस्वीर

काठमाडौं। सुशील कोइराला मेमोरियल फाउन्डेसनले बेमौसमी वर्षा पीडित किसानलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ।

कृषि प्रधान देश नेपालमा ३१ असोजदेखि शुरु भएको बेमौसमी वर्षाका कारण धेरै जिल्लामा गएको बाढी पहिरो र डुबानले हजारौँ हेक्टर जमिनमा लगाएको धान बाली नष्ट भएकामा फाउन्डेसनले दुःख व्यक्त गरेको छ।

फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र सदस्य सचिव अतुल कोइरालाले जारी गरेको विज्ञप्तिमा सयौँको ज्यान जाने गरी भएको प्राकृतिक प्रकोपबाट पीडित भएकालाई उचित क्षतिपूर्तिको व्यवस्था गरी राहत एवं पुनःस्थापनाको कामसमेत छिटो गर्न सरकारसँग माग गरेको छ।

बेमौसमी वर्षाले हजारौँ हेक्टर जमिनमा लगाइएको धान बाली नष्ट भएकाले कृषि क्षेत्रको क्षतिको मूल्यांकन गर्न पनि फाउन्डेसनले ध्यानाकर्षण गराएको छ।

भित्र्याउने बेलाको अन्न खेतबाटै नाश हुँदा वर्षभर काम गरेका किसान महान् पर्व बडादशैँ मनाइरहेका बेला दुःखी बनेका छन्। बाढी पहिरोले भौतिक संरचना लगायतमा पनि ठूलो क्षति पुगेको छ।

भित्र्याउने बेलाको अन्नबाली गुमाएका किसान, घर, आवास गुमाएका नागरिक, सदस्य गुमाएका परिवारलाई विपद्को यो घडीमा सक्दो सहयोग गर्नु राज्यको दायित्व हुने विज्ञप्तिमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved