च्यासलको १० नम्बर जर्सीमा देखिँदै १३ वर्षपछि नेपाल आएका विकास

शुक्रबार च्यासलसँग एक वर्षका लागि सम्झौता गरेका विकासले १० नम्बर जर्सी पाएका हुन्। च्यासलले उनलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ।

नेपालभ्युज

च्यासलको १० नम्बर जर्सीमा देखिँदै १३ वर्षपछि नेपाल आएका विकास

काठमाडौं। नेपाली मुलका युवा फुटबल खेलाडी विकास मेराग्लिया शहीद स्मारक ए डिभिजन लिग खेल्नका लागि नेपाल आएका छन्। इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका उनले यस सिजनको लिग खेल्न लागेका हुन्।

विकासले ए डिभिजन लिग च्यासल युथबाट खेल्ने भएका छन्। उनले च्यासलको १० नम्बर जर्सी लगाएर मैदान उत्रने क्लबले जनाएको छ।

शुक्रबार च्यासलसँग एक वर्षका लागि सम्झौता गरेका विकासले १० नम्बर जर्सी पाएका हुन्। च्यासलले उनलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ।

ए डिभिजन लिग यही २९ कात्तिकदेखि शुरु हुँदैछ। लिग खेल्नका लागि १८ वर्षीय विकास मंगलबार साँझ नेपाल आएका थिए।

पछिल्लो समयमा चर्चामा रहेका विकासले इटालीको यू-१६ राष्ट्रिय टिमबाट समेल खेलिसकेका छन्। अहिले उनी एट्लान्टाको युथ टिमबाट खेल्ने गर्छन्।

भेनेजियाको युवा टोलीसहित काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट खेलिसकेका विकास सन् २००८ मा ६ वर्षको उमेरमा नेपालबाट इटाली पुगेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved