आज एमालेको वडा अधिवेशन, ओलीले उद्घाटन गर्दै

एमाले केन्द्रीय कार्यालयका अनुसार अविरल वर्षापछिको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुनेछ।

नेपालभ्युज

आज एमालेको वडा अधिवेशन, ओलीले उद्घाटन गर्दै

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज शनिबार मुलुकभर वडास्तरको अधिवेशन हुँदैछ।

आज हुने वडा अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गर्ने एमालेको तयारी छ।

देशभरका वडाहरुमा अधिवेशनको तयारी पूरा भएको एमालेले जनाएको छ। एमाले केन्द्रीय कार्यालयका अनुसार अविरल वर्षापछिको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुनेछ।

यस्तै, यही ९ कात्तिकमा देशभर सबै पालिकास्तरमा अधिवेशन हुनेछ। एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न ११ कात्तिकमा स्थायी कमिटी र १२ कात्तिकमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

आगामी १० मंसिरदेखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुने यसअघि नै तय भइसकेको छ। एमालेले २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाएको छ।

चितवनमा हुने एमालेको दशौँ महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिनेछ।

एमालेले महाधिवेशनका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति बनाएको छ। हिजोको स्थायी समिति बैठकले समितिको सहसंयोजकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई तोक्नुका साथै समितिका केही सदस्य थप गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved