बक्सिङ टोली सर्बियातिर जाँदै

नेपालभ्युज

बक्सिङ टोली सर्बियातिर जाँदै

काठमाडौँ। अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबा)को आयोजनामा अक्टोबर २५ देखि नोभेम्बर ६ सम्म सर्वियाको राजधानी बेलग्रेडमा हुने २१ औँ आइबा वल्र्डमेन्स बक्सिङ च्याम्पियनसिपमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

विश्वका १ सय ५ राष्ट्रका ६ सय ५० भन्दा बढी खेलाडीले १३ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक तौलका स्वर्ण विजेताले एक लाख डलर, रजत विजेताले ५० हजार र कांस्य जित्ने दुई जनाले २५ हजार डलर पुरस्कार पाउनेछन्।

नेपालबाट ४८ केजी तौलमा रविन थापा, ५७ केजीमा पुरन राई, ६३.५ केजीमा भूपेन्द्र थापा र ६७ केजीमा सनिल शाहीले प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षकमा प्रमुख प्रशिक्षक प्रकाश थापामगर, प्रशिक्षक किशोर लिम्बु र अफिसियलमा नेपाल बक्सिङका संघ सदस्य मानबहादुर भण्डारी र प्रनिर अधिकारी रहेका छन्। बक्सिङ टोली शुक्रबार राति फ्लाइ दुबईबाट त्यसतर्फ गएको छ। आइबाले ७५ वर्ष (हीरक महोत्सव) मनाउने क्रममा रहेकाले निमन्त्रणामा बक्सिङ संघका अध्यक्ष राम अवाले पनि त्यसतर्फ गएका छन्।

नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले शुक्रबारै बिदाइ गरे। उनले बक्सिङको महाकुम्भमा नेपाली खेलाडीलाई पदक जित्नका लागि हौसला दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved