विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने

विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने
फाइल तस्वीर

काठमाडौँ। बेमौसमी वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल भोलि शनिबारदेखि सञ्चालनमा आउने भएको छ। विमानस्थलको धावनमार्गमा बाढी पसेर तीन दिनदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले बिहानदेखि साँझ ५ बजेसम्म दिउँसोको समयमा मात्रै मौसम अनुकूल उडान गर्ने गरी अनुमति दिएको हो । तत्कालका लागि भीएफआर उडान मात्र हुनेछ । उपकरणको परीक्षणपश्चात् आइएफआर उडान हुने जनाइएको छ ।

दुई दिनसम्म उपकरणहरूको परीक्षणपश्चात् विमानस्थल सञ्चालनमा आउने भएको हो। हाललाई रात्रिकालीन उडान हुनेछैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved