इन्डोनेसियाविरुद्ध नेपाल २–० ले पराजित

नेपाल भ्यूज

इन्डोनेसियाविरुद्ध नेपाल २–० ले पराजित
फाइल फोटो

काठमाडौं। नेपाली यु–२३ राष्ट्रिय फुटबल टोलीले इन्डोनेसियाको यु–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा पराजय बेहोरेको छ। नेपालले शुक्रबार ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा भएको खेलमा २–० को हार बेहोरेको हो।

खेलको ५५ औँ मिनेटमा हनिस सागरले इन्डोनेसियालाई अग्रता दिलाएका थिए। थप गरिएको समयमा सुलेमनले गोल गर्दै टोलीलाई सहज जित दिलाए। एएफसी यु–२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलेको हो।

छनोटको समूह ‘बी’ मा नेपालसहित ताजिकिस्तान, लेबनान र इरान छन्। नेपालले छनोटको पहिलो खेल इरानसँग २५ अक्टोबरमा खेल्नेछ। नेपालले दोस्रो खेल ताजिकिस्तानसँग २८ अक्टोबरमा र अन्तिम खेल लेबनानसँग ३१ अक्टोबर ३१ मा खेल्नेछ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved