बाढी पहिरोमा परी मृत्यु हुने १११ पुगे, ३७ बेपत्ता

बाढी पहिरोमा परी मृत्यु हुने १११ पुगे, ३७ बेपत्ता

काठमाडौं। केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा शुक्रवारसम्म १११ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार ३७ जना अझै बेपत्ता छन्।

बाढी पहिरोमा परी प्रदेश १ मा ६५, बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको हो।

मुलुकभर गरेर कुल ४२ जना घाइते भएको प्रहरीले जनाएको छ। बाढी पहिरामा परी प्रदेश १ मा ११, २ मा एक, लुम्बिनी र कर्णाली प्रदेशमा एक–एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी ३७ जना बेपत्ता भएका जनाइएको छ।

बेपत्ताको खोजी जारी छ। बाढीको कारण दुई हजार २३२ वटा घर डुबानमा परेका तथा ७८ घर, १६ गोठ, छ वटा पुल, एक विद्यालय र तीन सरकारी कार्यालयमा क्षति पुगेको छ। कुल १८६ वटा पशु चौपाया मरेका छन्।

उक्त अवधिमा एक हजार १८८ घर परिवार विस्थापित भएका छन्। बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, मानिसको उद्धार तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved