महाधिवेशनबारे छलफल गर्न एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

नेपालभ्युज

महाधिवेशनबारे छलफल गर्न एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं। नेकपा (एमाले)ले कात्तिक १२ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ। शुक्रबार ललितपुरमा बसेको स्थायी कमिटी बैठकले महाधिवेशनको तयारीको लागि बैठक बोलाउने निर्णय गरेको हो।

१२ गते बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बैठक बस्ने तय भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार बैठकमा १० औँ महाधिवेशनबारे छलफल हुनेछ।

बिहीबारको स्थायी कमिटी बैठकले १० औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो। एमालेको महाधिवेशन मङ्सिर १०–१२ गतेसम्म हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved