अनुगमन टोली बढी भएकाले व्यापारीलाई असजिलो महशुस हुनसक्छ : उपप्रमुख खड्की

नेपालभ्युज

अनुगमन टोली बढी भएकाले व्यापारीलाई असजिलो महशुस हुनसक्छ : उपप्रमुख खड्की

काठमाडौं। तिहार तथा छठ पर्व लक्षित काठमाडौं महानगर क्षेत्रको बजारलाई एकीकृत अनुगमनका माध्यमबाट व्यवस्थापन गरिने भएको छ। शुक्रबार काठमाडौं महानगरकी उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

अनुगमनका क्रममा खाद्यान्न, तरकारी, मरमसला तथा भाइमसलाका सामान र फलफुल, फूल र मालासहित कृषिजन्य सामाग्री, माछा, मासु, दूध तथा दूग्धजन्य खाद्यबस्तुको मूल्य र गुणस्तर हेरिने महानगरले जनाएको छ।

‘‘अनुगमन गर्ने निकाय धेरै भएकाले दिनदिनै अनुगमन टोली व्यापारीकोमा पुग्दा उनीहरुले असजिलो महशुस गर्न सक्छन्। हाम्रो लक्ष्य कसैलाई असजिलो महशुस गराउने होइन,’’ बैठकमा उपप्रमुख खड्गी श्रेष्ठले भनिन्, ‘‘सेवा र वस्तुको गुणस्तर तथा मूल्यलाई व्यवस्थित गर्ने हाम्रो लक्ष्य हो। स्वच्छ बजार व्यवस्थापनका लागि गरिने अनुगमनले उचित व्यापारिक क्रियाकलाप गर्नेलाई समस्या नपरोस्।’’

वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभागका प्रतिनिधि र उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त टोली बनाएर अनुगमनमामा निस्किनुपर्ने उनले बताइन्।

समितिले पर्व विशेष अनुगमनसँगै नियमित अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved