बैंकहरूले घटाए ब्याजदर

नेपालभ्युज

बैंकहरूले घटाए ब्याजदर

काठमाडौं। बैंकहरूले आफूखुसी बढाएको ब्याजदर घटाएका छन्।

नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउन मंगलबार दिएको निर्देशन कार्यान्वयन गर्दै बैंकहरूले ब्याजदर १० प्रतिशतभन्दा कम गरेका हुन्।

बैंकहरूले आफूखुसी मुद्दतीको ब्याजदर बढाएर १० प्रतिशत भन्दा बढी कायम गरेपछि मंगलबार राति राष्ट्र बैंकले सो ब्याजदर  २४ घण्टाभित्र परिवर्तन गर्न निर्देशन दिएको थियो।

वाणिज्य बैंकसहित केही विकास बैंक र फाइनान्स कम्पनीले पनि ब्याजदर घटाएका छन्।

१८ बैंकले ९ दशमलव ३६ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। ग्लोबल आईएमई, एनआइसी एसिया, सिद्धार्थ, माछापुच्छ्रे, सेञ्चुरी, नबिल, प्राइम, एसीसी, एसबीआई, एनएमबी, एभरेष्ट, नेपाल बंगलादेश, बैंक अफ काठमाडौं, सीभील, हिमालयन, कुमारी, मेगा र सानिमा बैंकले ब्याजदर ९ दशमलव ३६ प्रतिशत निर्धारण गरेका छन्।

लक्ष्मी र नेपाल इन्भेष्टमेन्टले ९ दशमलव ३५,  सनराइजले ९ दशमलव ०६, कृषिले ८ दशमलव ८५ र सिटिजन्सले ८ दशमलव ८ प्रतिशत ब्याज कायम गरेको छ।

यस्तै प्रभुले ८ दशमलव ५७ तथा स्टान्डर्ड चार्टडले ७ प्रतिशत ब्याजदर कायम गरेकोमा राष्ट्रिय वाणिज्य र नेपाल बैंकले ब्याजदर ८ दशमलव ३६ प्रतिशत निर्धारण गरेका छन्।

बैंकिङ क्षेत्रमा तरलता अभावकै बेला कात्तिकका लागि ७ वाणिज्य बैंकले ब्याजदर दोहोरो अंक निर्धारण गरेका थिए जसमा सबैभन्दा बढी एनआइसी एसियाले सर्वाधिक ११ दशमलव १० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो भने अन्य केही विकास बैंक र फाइनान्सले पनि ब्याजदर बढाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved