प्रदेश सरकारका मन्त्रीसँग प्रधानमन्त्री देउवाको छलफल

प्रधानमन्त्रीसमक्ष कृषिलगायतका क्षेत्रमा समेत पुगेको क्षतिबाट प्रभावित जनतालाई सम्बोधन गर्न ‘बास्केट फन्ड’ स्थापना गरी तीन तहकै सरकारले सँगसँगै काम गर्नुपर्ने प्रस्ताव पनि प्रदेशका मन्त्रीले राखेका छन्।

नेपाल भ्यूज

प्रदेश सरकारका मन्त्रीसँग प्रधानमन्त्री देउवाको छलफल

कैलाली। प्रधानमन्त्री शेरबहादुर देउवासँग सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीले वर्षापछिको प्राकृतिक विपद्बाट उत्पन्न परिस्थितिका बारेमा धनगढीमा छलफल गरेका छन्।

बिहीबार साँझ भएको छलफलका क्रममा बाढी, पहिरो डुबान प्रभावित जिल्ला तथा गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माण लगायतको कामका लागि राहतका प्याकेज ल्याउन सुझाव दिएको आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले बताइन्।

प्रधानमन्त्रीसमक्ष कृषिलगायतका क्षेत्रमा समेत पुगेको क्षतिबाट प्रभावित जनतालाई सम्बोधन गर्न ‘बास्केट फन्ड’ स्थापना गरी तीन तहकै सरकारले सँगसँगै काम गर्नुपर्ने प्रस्ताव पनि प्रदेशका मन्त्रीले राखेका छन्।

“प्रदेशका विभिन्न जिल्लामा उत्पन्न विपद्ले निम्त्याएको अवस्थाका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका छौँ”, प्रदेश सरकारका प्रवक्तासमेत रहेकी मन्त्री जोशीले भनिन्, “विपद्लाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ भन्ने सुझाव पनि दिएका छौँ।”

सो अवसरमा प्रधानमन्त्री देउवाले आफू काठमाडौं फर्किएपछि विपद्ले उत्पन्न गराएको समस्या समाधानका बारेमा योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका मन्त्री जोशीले बताइन्।

प्रधानमन्त्री नेतृत्वको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पूर्वमन्त्री एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायर सहभागी थिए।

गत ३१ असोजदेखि तीन दिनसम्म अविरल वर्षा हुँदा बाढी, पहिरो डुबानको समस्याका कारण सुदूरपश्चि प्रदेशमा शुक्रबार बिहानसम्म ३३ जनाको मृत्यु भएको छ। २२ जना बेपत्ता छन्। १७ घरमा पूर्ण क्षति पुगेको छ।

तराई क्षेत्रका कैलाली र कञ्चनपुर जिल्लामा भएको डुबानले हजारौँ परिवार विस्थापित भएका छन्। यस्तै, ठूलो क्षेत्रफल जग्गामा गरिएको धानबाली नष्ट भएको छ।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved