कुशवाहमाथि दुर्व्यवहार प्रकरण

जनमत पार्टीका १७ कार्यकर्तामाथि मुद्दा दायर

उनीहरूमाथि सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दायर गरिएको छ। 

नेपालभ्युज

जनमत पार्टीका १७ कार्यकर्तामाथि मुद्दा दायर

जनकपुर। बिहीबार जनकपुरस्थित खानेपानी तथा ढल निकास कार्यालय धनुषाका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई कालोमोसो र हिलो दली नगर परिक्रमा गरेको आरोपमा जनमत पार्टी धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहासहित १७ जनाविरुद्ध मुद्दा दायर भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार कुशवाहासहित जनमत पार्टीका कार्यकर्ताहरू संजय प्रधान, दिनेश रजक साफी, रामकरण यादव, संजय कुमार सिंह, सञ्जय साह, धनिकलाल कापर, दुर्योधन यादव, प्रेम किशोर यादव, वीरेन्द्र महतो, विजय यादव, विक्रमकुमार साह, कैलाशप्रसाद साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डलविरूद्ध मुद्दा दर्ता गरिएको छ।

प्रवक्ता बस्नेतका अनुसार उनीहरूमाथि सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दायर गरिएको छ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले जनकपुर उपमहानगरपालिकास्थित बलवा टोलमा खनिएको ढलको खाल्डो नपुरेको भन्दै भ्रष्टाचारको आरोपमा कालोमोसो र हिलो दली नगर परिक्रमा गराएको थियो।

कुशवाहलाई अर्धनंग्न बनाएर कुटपिट गर्दै दुर्व्यवहार भएपछि नेपाल ईन्जिनियर्स एसोसिएसनको बागमती प्रदेश कार्यकारिणी समितिले विज्ञप्ति निकालेर आपत्ति जनाउँदै कारबाहीको माग गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved