‘अर्ली इलेक्सन’बारे गठबन्धनका नेतासँग परामर्श गर्छु : देउवा

देउवाले पार्टीको आगामी महाधिवेशनको सबै जिम्मेवारी निर्वाचन समितिलाई दिएको बताए। पार्टीमा निर्वाचन आयोग जस्तै बलियो समिति रहेको भन्दै देउवाले सबै जिम्मेवारी उसैले लिएको बताए।

नेपालभ्युज

‘अर्ली इलेक्सन’बारे गठबन्धनका नेतासँग परामर्श गर्छु : देउवा
फाइल तस्वीर

धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्सनको विषयमा छलफल गर्ने बताएका छन्। कैलालीको धनगढीमा शुक्रबार बिहान पत्रकारहरुसँग कुरा गर्दै देउवाले अर्ली इलेक्सनको विषयमा छलफल गर्ने बताए।

अविरल वर्षा र त्यसपछिको बाढी पहिरोबाट पुगेको क्षतिको अवलोकनका लागि गृहप्रदेशको भ्रमणमा रहेका देउवाले अर्ली इलेक्सनको विषयमा पत्रकारको प्रश्नको जवाफ दिने क्रममा छलफल गर्ने बताएका हुन्।

पछिल्लो समय अर्ली इलेक्सनको विषयमा सत्तारुढ गठबन्धनसँगै प्रतिपक्षी दल पनि सहमत रहेको आशयका समाचारहरु सार्वजनिक भइरहेको समयमा देउवाले यस विषयमा गठबन्धनका नेताहरुसँग छलफल गर्ने बताएका हुन्।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पत्रकार सम्मेलनमा पार्टीको आगामी महाधिवेशनको सबै जिम्मेवारी निर्वाचन समितिलाई दिएको बताए। पार्टीमा निर्वाचन आयोग जस्तै बलियो समिति रहेको भन्दै देउवाले सबै जिम्मेवारी उसैले लिएको बताए।

देउवाले निर्वाचन समितिले सार्न चाहेको अवस्थामा बाहेक महाधिवेशन तोकिएकै मितिमा हुने बताए। उनले समितिले गर्न चाहे तोकिएकै मितिमा हुने तथा सार्न चाहेको अवस्थामा महाधिवेशन सर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved