एमसीसीबारे झुठा प्रचार भयो, हामी पास गर्छौँ : देउवा

देउवाले एमसीसी परियोजना नेपालको कानूनभन्दा माथि रहेको भन्दै गलत प्रचार भएको तर यस्ता झुठा र भ्रमयुक्त प्रचारका कारण एमसीसी नरोकिने प्रष्ट पारे। उनले संसदबाटै एमसीसी पास हुने बताए।

नेपालभ्युज

एमसीसीबारे झुठा प्रचार भयो, हामी पास गर्छौँ : देउवा
फाइल तस्वीर

धनगढी। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित हुने बताएका छन्। बाढी पहिरोबाट पुगेको क्षतिको अवलोकन गर्न कैलाली पुगेका देउवाले एमसीसी पास गर्ने बताएका हुन्।

अविरल वर्षापछिको क्षति अवलोकनका लागि सुदूरपश्चिम भ्रमणमा रहेका देउवाले कैलालीको धनगढीमा शुक्रबार बिहान पत्रकारहरुसँग एमसीसी पास गर्ने बताएका हुन्। उनले एमसीसीका विषयमा झुठा प्रचारहरु गरिएको भन्दै उक्त परियोजना नेपालको विकासका लागि भएको बताए।

देउवाले एमसीसी परियोजना नेपालको कानूनभन्दा माथि रहेको भन्दै गलत प्रचार भएको तर यस्ता झुठा र भ्रमयुक्त प्रचारका कारण एमसीसी नरोकिने प्रष्ट पारे। उनले संसदबाटै एमसीसी पास हुने बताए।

देउवाले एमसीसी परियोजना नेपालको कानूनभन्दा माथि नहुने भनेर उसैले प्रष्ट पारिसकेकाले संसदबाट पास हुने बताए। उनले भने, ‘‘एमसीसी नेपालकै कानुन मातहत हो। यो त अनुदान हो। ऋण होइन। एमसीसी पास हुन्छ।”

विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा पनि नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुने भन्दै देउवाले एमसीसी अनुदान भएकाले फरक नपर्ने बताए। अनुदान सहायता नेपालकै कानूनको अधीनमा हुने उनले बताए।

अवलोकनका लागि बिहीबार कञ्चनपुर पुगेका देउवा आज कैलालीको टीकापुर पुगेर आजै काठमाडौं फर्कनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved