टी-ट्वान्टी विश्वकप

बंगलादेश र स्कटल्याण्ड सुपर १२ मा

विश्वकप क्रिकेट अन्तर्गत गएराति भएका खेलमा जित निकाल्दै दुवै टोलीले सुपर १२ मा स्थान बनाएका हुन्।

नेपालभ्युज

बंगलादेश र स्कटल्याण्ड सुपर १२ मा

काठमाडौं। बंगलादेश र स्कटल्याण्ड आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ मा पुगेका छन्। यूएई र ओमानमा जारी विश्वकप क्रिकेट अन्तर्गत गएराति भएका खेलमा जित निकाल्दै दुवै टोलीले सुपर १२ मा स्थान बनाएका हुन्।

सुपर १२ मा स्थान सुरक्षित गर्ने क्रममा बंगलादेशले पपुवा न्यूगिनीलाई ८४ रनको ठूलो अन्तरले पराजित गर्यो।

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको बंगलादेशले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १८१ रन बनायो। उसका लागि कप्तान महमुदुल्लाहले ५० तथा शकिब अल हसनले ४६ रन बनाए।

पिएनजीका लागि कबुआ मोएरा, डामियन रभु र असद भालाले दुई दुई विकेट लिए। सिमोन अटाईले एक विकेट हात पारे।

१८२ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको पिएनजी १९ ओभर ३ बलमा ९७ रनमै समेटियो। उसका लागि किप्लिन डोरिगाले ४६ तथा चाड सोपरले ११ रन बनाए।

बंगलादेशलाई ठूलो अन्तरमा जित दिलाउने क्रममा शकिब अल हसनले ४ तथा मोहम्मद सैफुदिन र तक्सिद अहमदले दुई दुई विकेट लिए।

यस्तै, गएराति नै भएको अर्को खेलमा स्कटल्याण्डले ओमानलाई ८ विकेटले हराउँदै सुपर १२ मा स्थान बनायो। अल अमिरातमा ओमानले दिएको १२३ रनको विजयी लक्ष्य स्कटल्याण्डले २ विकेटको क्षतिमै भेट्टायो।

टस जितेर शुरुवाती ब्याटिङमा आएको ओमानले निर्धारित ओभरमा १२२ रन बनायो। उसका लागि अकिब इलियासले ३७, कप्तान जिसन मक्सुदले ३४ तथा मोहम्मद नदिमले २५ रन बनाए।

स्कटल्याण्डका जोस दबेले ३ तथा सफयान सरिफ र मिचेल लेअस्कले दुई दुई विकेट लिए।

१२३ रनको लक्ष्यसहित मैदान उत्रिएको स्कटल्याण्डले १७ ओभर खेल्दै २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। उसका लागि कप्तान कायल कोट्जरले ४१ तथा रिची बेरिङटनले ३१, म्याथ्यु क्रसले २६ र जर्ज मुन्सेले २० रन जोडे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved