इन्डोनेशियासँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

ताजिकिस्तानको गासर सेन्ट्रल रंगशालामा नेपालले इन्डोनेशियासँग प्रतिस्पर्धा गर्न लागेको हो।

नेपालभ्युज

इन्डोनेशियासँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

काठमाडौं। नेपाली फुटबल टिमले आज इन्डोनेशियासँगै मैत्रीपूर्ण फुटबल खेल्दैछ। २३ वर्षमुनीको नेपाली फुटबल टिमले इन्डोनेशियाको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

ताजिकिस्तानको गासर सेन्ट्रल रंगशालामा नेपालले इन्डोनेशियासँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे शुरु हुनेछ।

एसियन कप छनोटको तयारीमा रहेको नेपालले आज इन्डोनेशियासँगै मैत्रीपूर्ण खेल्न लागेको हो। एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल समूह ’बी’ मा रहेको छ ।

नेपालको समूहमा ताजकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग २५ अक्टोबरमा खेल्नेछ ।

यस्तै, दोस्रो खेल ताजकिस्तानसँग २८ अक्टोबर तथा लेबनानसँग ३१ अक्टोबरमा अन्तिम खेल खेल्नेछ ।

छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । समूहमा दोस्रो रहेका उत्कृष्ट चार टोली पनि एसियन कपमा छनोट हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved