आजको मौसम

देशभर आंशिकदेखि सामान्य बदली, प्रदेश १ र बागमतीमा हल्का वर्षा

प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

नेपाल भ्यूज

देशभर आंशिकदेखि सामान्य बदली, प्रदेश १ र बागमतीमा हल्का वर्षा

काठमाडौं। अहिले नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली रहेको छैन। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार भोलि शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, ७ कार्तिक आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। महाशाखाका अनुसार प्रदेश १, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि वर्षाको सम्भावना रहेको छ।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved