बुवालाई भेटेर भावुक भए शाहरुखका छोरा आर्यन

नेपालभ्युज

बुवालाई भेटेर भावुक भए शाहरुखका छोरा आर्यन

मुम्बईस्थित आर्थर रोड जेलमा रहेका छोरा भेट्न बलिउड अभिनेता शाहरुख खान बिहीबार पुगेका छन्। उनले छोरा आर्यनसँग लगभग १८ मिनेट कुराकानी गरेका छन्।

तर, भारतीय नियमअनुसार जेल प्रशासनले १० मिनेट मात्र यसरी कैदी भेट्न दिने नियम बनाएको छ।

शाहरुखलाई भेटेर आर्यन भावुक भएका थिए। उनीहरुका साथमा रहेका एक प्रहरीले उनीहरुको हेरचाह गरेका थिए। त्यसपछि दुवैले एकअर्कासँग कुरा गरेका थिए।

यसैबीच, भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)को विशेष अदालतले बिहीबार आर्यनको न्यायिक हिरासत ३० अक्टोबरसम्म बढाएको छ। आर्यनका साथी अरबाज मर्चेन्टसहित सात जना अभियुक्तहरु पनि अक्टोबर ३० सम्म हिरासतमा रहनुपर्नेछ।

छोरा आर्यनलाई शाहरुखले जेलमा बनेको क्याबिनेटमा भेटेका थिए। एकातिर आर्यन र अर्कातिर शाहरुख सिसाको पर्खालमा उभिएका थिए। शाहरुखका साथमा उनका केही मानिस थिए, तर उनीहरुलाई शाहरुखको साथमा उक्त क्याबिनेटमा जान अनुमति दिइएको थिएन।

जेल स्रोतका अनुसार आर्यन आफ्नो बुबालाई देखेर भक्कानिएका थिए। उनी रुन कराउन थालेका थिए। अक्टोबर २ मा आर्यन प्रकाउ परेपछिको शाहरुखले छोरालाई भेटेका हुन्।

मुम्बई नजिकैको समुद्रमा मारिएको छापामा लागूऔषध माफियासँगको संलग्न भएको अभियोगमा बलिउड स्टार खानका छोरा समातिएका थिए।

भाष्करबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved