विभिन्न स्थानमा तास खेलिरहेका ३४ जना पक्राउ

नेपालभ्युज

विभिन्न स्थानमा तास खेलिरहेका ३४ जना पक्राउ

काठमाडौं। बुधबार देशभरका विभिन्न स्थानमा तास खेलिरहेको अवस्था प्रहरीले ३४ जनालाई प्रकाउ गरेको छ।

वीरेन्द्रनगर नगरपालिका-६ गोदाम लाइनस्थित सम्राट होटेलमा तास खेलिरहेको अवस्थामा होटल सञ्चालक सोही ठाउँ बस्ने २९ वर्षीय सुरेन्द्र शाहीलगायत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार ३ सय ७५ रुपैयाँ र १ बुक ताससहित समातेको हो।

त्यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-२३ हात्तीवनस्थित टहरोमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने मोरङ सानेपोखरी गाउँपालिका-१ घर भएका ४७ वर्षीय निल बहादुर पुलामी मगरलगायत पाँच जनालाई पनि बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

उक्त ठाउँमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ९० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।

यस्तै डडेल्धुरा अमरगढी नगरपालिका-५ जिलोडास्थित पदमराज ओझाको घरबाट तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ५० वर्षीय इन्द्रबहादुर थापालगायत २२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

ओझाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ९ सय ६० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved