साताको शेयर बजार : दशैंपछि पनि रोकिएन घट्ने क्रम

यो साता शेयर कारोबार १३ अर्ब ५२ करोड रुपैयाँमा सीमित भएको छ।

नेपालभ्युज

साताको शेयर बजार : दशैंपछि पनि रोकिएन घट्ने क्रम

काठमाडौं। एक महीनाभन्दा लामो समयदेखि उतारचढावका बीच घट्दै गएको शेयर बजारले दशैंपछि पनि सकारात्मक सर्किट हान्ने संकेत देखाएन। धेरै लगानीकर्ताको अनुमान दशैंपछि बजारमा हरियाली छाउने रहेपनि दशैं बिदापछि खुलेको शेयर बजार यस साता पनि घट्ने क्रममै देखिएको छ।

यो साता शेयर कारोबार १३ अर्ब ५२ करोड रुपैयाँमा सीमित भएको छ। यस अवधिमा ३५ लाख ३१ हजार कित्ता बराबर मात्रै शेयर कारोबार भएको छ।

पाँच दिनको दशैं बिदापछि खुलेको बजार आइतबार उकालो लागेको थियो। २५ असोजको तुलनामा ३१ असोजमा बजार १७ दशमलव ५९ अंकले बढेर २ हजार ६५६ दशमलव ९६ बिन्दुमा पुगेर बन्द भएको थियो। तर उक्त दिन कारोबार भने १ अर्ब ४९ करोड ७३ लाखमा सीमित भएको थियो। त्यो दिन ४७ लाख ६० हजार शेयर कारोबार भएको थियो।

यस दिन चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक ६ दशमलव ९७ प्रतिशतले शेयर बढेको थियो भने सिटिजन्स म्युचुअल फण्ड २ को सर्वाधिक ५ दशमलव ६६ प्रतिशतले घटेको थियो।

साताको दोस्रो कारोबार दिन शेयर बजार ६९ दशमलव ५१ अंकले घटेको थियो। २ हजार ६५६ दशमलव शून्य ४ बिन्दुबाट शुरु भएको बजार उक्त दिन २ दशमलव ६२ प्रतिशतले घटेर २५ सय ८७ दशमलव ४५ बिन्दुमा झरेर बन्द भएको थियो। उक्त दिन २ अर्ब ९६ करोड रुपैयाँ बराबरको ८७ लाख ७६ हजार कित्ता शेयर कारोबार भएको थियो।

सोमबार म्युचुअल फण्डबाहेक सबै समूहको शेयर घटेको थियो। उक्त दिन कारोबारमा आएका धितोपत्रमध्ये एनआईसी एशिया बैंकको ऋणपत्रको मूल्य सर्वाधिक २ प्रतिशत र घलेम्दी हाइड्रोको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको थियो।

नेप्से घट्ने क्रमले मंगलवार पनि निरन्तरता पाएको थियो। सोमवार २ हजार ५८८ दशमलव २४ बिन्दुबाट शुरु भएको बजार उक्त दिन ७७ दशमलव ३३ अंकले घटेर २ हजार ५१० दशमलव ७३ बिन्दुमा पुगेर बन्द भएको थियो। उक्त दिन ३ अर्ब ७७ करोड ७७ लाख रुपैयाँ बराबरको ९५ लाख ७२ हजार १६ कित्ता शेयर कारोबार भएको थियो।

साताको चौथौ कारोबार दिन बुधबार शेयर बजार ६०.५६ अंकले बढेको थियो। नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा बढेर बुधबार २ हजार ५७१ दशमलव ६६ बिन्दुमा पुगेको थियो।

उक्त दिन कारोबारमा आएका तेह्रओटै समूहको परिसूचक बढेकोमा मैलुंग खोला जलविद्युत आयोजना, अंखु खोला जलविद्युत आयोजना र युनिभर्सल पावर कम्पनीको शेयर १०/१० अंकले बढेको थियो। उक्त दिन २ अर्ब ६७ करोड ९० लाख रुपैयाँ बराबरको ६१ लाख १ हजार ४१४ कित्ता शेयर खरीदविक्री भएको छ।

यसैगरी बिहीबार पनि शेयर बजारमा गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन बिहीबार १४ दशमलव ७० अंकले नेप्से परिसूचक घटेर २ हजार ५५६ दशमलव ९५ अंकमा बजार बन्द भएको छ।

यस दिन कारोबारमा आएका २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर २ अर्ब ६३ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ।

आज १३ समूहमध्ये म्युचुअल फण्ड र अन्यबाहेकका समूहमा रातो लागेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved