माओवादीले टुंग्यायो ३३ वटा विभाग, नारायणकाजीलाई विदेश मामिला

महरालाई दोहोरो जिम्मेवारी

नेपालभ्युज

माओवादीले टुंग्यायो ३३ वटा विभाग, नारायणकाजीलाई विदेश मामिला

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले ३३ वटा विभाग प्रमुखसहितको टिम टुंग्याएको छ।

आज बसेको स्थायी समिति बैठकले विभाग र विभाग प्रमुखको नाम टुंगो लगाएको हो। विभागमा बढीमा ३५ सदस्य रहने व्यवस्था मिलाइएको स्थायी समिति सदस्य गणेश शाहले जानकारी दिए।

३३ वटा विभागमा एउटा प्रतिष्ठान‍ समिति रहेको छ। शाहका अनुसार विदेश मामिला विभागको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई दिइएको छ। यस्तै संगठन विभागको प्रमुख जनार्दन शर्मा, अर्थ अथा योजना विभागको जिम्मेवारी वर्षमान पुनलाई दिइएको छ।

बैठकले विपत व्यवस्थापन विभाग गठन गर्न बाँकी नै रहेको रहेको छ।

बैठकले प्रचार तथा प्रकाश विभाग र राष्ट्रिय सुरक्षा विभाग गरी कृष्णबहादुर महरालाई दोहोरो जिम्मेवारी दिएको छ। यस्तै‌ उद्योग मामिला विभाग वामदेव क्षत्रीलाई, उपभोक्ता हित संरक्षण विभाग मात्रिका यादवलाई, कृषि तथा भूमिसुधार विभाग हरिबोल गजुरेल, जलस्रोत तथा ऊर्जा लिलामणि पोखरेल, कोष तथा आर्थिक विभाग डोरप्रसाद उपाध्याय, खानेपानी विभाग बिना मगर, निर्वाचन विभाग खिमलाल देवकोटा, कानून विभाग मुक्ति प्रधान, पर्यटन विभाग झक्कुप्रसाद सुवेदीलाई जिम्मेवारी दिएको छ।

यस्तै प्रादेशिक मामिला विभाग पर्शुराम तामाङ, पुस्तकालय तथ अभिलेख नारायणप्रसाद शर्मा,पार्टी स्कूल विभाग प्रमुखमा गिरिराजमणि पोखरेल, भौतिक पूर्वाधार विभाग हरि अधिकारी, युवा तथा खेलकुद विभाग गणेशमान पुन, राजकीय मामिला विभाग रेखा शर्मा, संघीय संसदीय विभाग देव गुरुङ, वन तथा वातावरण शक्ति बस्नेत, विज्ञान तथा प्रविधि विभाग गणेश साह, शिक्षा तथा मानवस्रोत विभाग मायाप्रसाद शर्मा, सामान्य प्रशासन विभाग टेकबहादुर बस्नेत, श्रम तथा रोजगार विभाग रामेश्वर राय यादव न्।

यस्तै समाज कल्याण विभाग सत्या पहाडी, सहकारी तथा गरिवी विभाग धर्मदत्त देवकोटा, शहरी विकास विभाग देवेन्द्र पौडेल, नीति अध्ययन प्रतिष्ठान रामचन्द्र झा, साहित्य तथा कला विभाग गोपाल ठाकुर, स्थानीय तह विभाग उर्मिला अर्याल, स्वास्थ्य तथा जनसंख्या विभाग कल्पना धमलालाई जिम्मेवारी दिइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved