सामलिङको सात लाख ३० हजार कित्ता आईपी‌ओ सर्वसाधारणका लागि खुला

नेपालभ्युज

सामलिङको सात लाख ३० हजार कित्ता आईपी‌ओ सर्वसाधारणका लागि खुला

काठमाडौं। सामलिङ पावर कम्पनीले आज बिहीबारदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ। कम्पनीले कुल सात करोड तीस लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ जारी गरेको हो।

जसमध्ये १४ हजार ६ सय कित्ता कर्मचारी र ५५ अर्थात् ३६ हजार ५ सय कित्ता म्युचुअल फण्डको लागि छुट्याएको छ।

१४ हजार ६०० कित्ता सेयर कर्मचारी र ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोष कम्पनीका लागि छुट्याइएकोमा बाँकी ६ लाख ७८ हजार ९०० कित्ता सेयरमा सर्वसाधारणले दाबी गर्न पाउने छन्। सर्वसाधारणले १०० रुपैयाँ अंकित दरको सेयरमा न्यूनतम १० कित्ताका लागि कात्तिक ८ गतेसम्म आवेदन दिन सकिन्छ। बढीमा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले ९.५१ मेगावाट क्षमताको जलविद्युत परियोजना निर्माण गरिरहेको छ, जसको कुल लागत २ अर्ब अनुमान गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved