च्याम्पियन्स लिग

बार्सिलोनाको पहिलो जित

घरेलु मैदान क्याम्प नोउमा बार्साले युक्रेनी क्लब डायनामो किभलाई १-० गोल अन्तरले पारजित गर्यो।

नेपालभ्युज

बार्सिलोनाको पहिलो जित

काठमाडौं। यूईएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले पहिलो जित निकालेको छ।

गएराति भएको खेलमा क्याटलान क्लबले पहिलो जित निकालेको हो।

घरेलु मैदान क्याम्प नोउमा बार्साले युक्रेनी क्लब डायनामो किभलाई १-० गोल अन्तरले पारजित गर्यो।

उसका लागि एकमात्र गोल जेरार्ड पिकेले खेलको ३६ औँ मिनेटमा गरे।

समूह ईमा रहेको बार्सिलोनाले ३ खेल खेल्दा एक जितसहित ३ अंक बटुलेर तालिकाको तेस्रो स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved