एमाले स्थायी समिति बैठक बस्दै

एमालेको आगामी महाधिवेशन चितवनमा गर्नका लागि बागमती प्रदेश समितिले माग गरेको अवस्थामा सोही विषयमा छलफल हुन लागेको हो।

नेपालभ्युज

एमाले स्थायी समिति बैठक बस्दै
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समिति बैठक बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले बैठक बोलाएका हुन्।

पार्टीको आगामी महाधिवेशनको विषयमा छलफल गर्नका लागि तथा समसामयिक विषयमा छलफलका लागि बैठक बस्न लागेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

आजको बैठकमा पछिल्लो समयमा बेमौसमी वर्षा र बाढी पहिरोले देशभर पुर्याएको क्षति तथा अब गर्नुपर्ने कार्यका विषयमा पनि छलफल हुँदैछ।

विशेषत आजको बैठकमा आगामी दशौँ महाधिवेशनको स्थानको विषयमा छलफल हुने बताइएको छ। एमालेको आगामी महाधिवेशन चितवनमा गर्नका लागि बागमती प्रदेश समितिले माग गरेको अवस्थामा सोही विषयमा छलफल हुन लागेको हो।

यसअघि, एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको हिजो बसेको पहिलो पूर्ण बैठकले चितवनमा महाधिवेशन गर्नका लागि प्रस्ताव गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved