क्लब विश्वकप यूएईमा 

फिफाले सन् २०२२ को शुरुवातमै क्लब विश्वकप आयोजना गरिने जनाएको छ। तर, खेल समय भने तय भइसकेको छैन।

नेपाल भ्यूज

क्लब विश्वकप यूएईमा 

काठमाडौं। सन् २०२१ को फिफा क्लब विश्वकप यूएईमा हुने भएको छ। फिफा काउन्सिलले क्लब विश्वकप यूएईमा गर्ने निर्णय गरेको हो।

आगामी क्लब विश्वकपमा ७ टोलीले प्रतिस्पर्धा गर्दैछन्। जसमा चेल्सी, अकल्याण्ड सिटी, अल जाजिरा, अल अह्लीले आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।

फिफाले सन् २०२२ को शुरुवातमै क्लब विश्वकप आयोजना गरिने जनाएको छ। तर, खेल समय भने तय भइसकेको छैन।

आगामी सिजनको क्लब विश्वकप यसअघि जापानमा हुने भनिएको थियो। तर, कोरोना महामारीका कारण जापानले खेल आयोजन नगर्ने भएकाले यूएईमा हुन लागेको हो।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved