कानूनमन्त्री रोकिएको महाकाली राजमार्ग खुल्यो

कानूनमन्त्री रोकिएको महाकाली राजमार्ग खुल्यो

कञ्चनपुर। अविरल वर्षाका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग आज पुनःसञ्चालनमा आएको छ।

राजमार्गअन्तर्गत बैतडीको धर्मघर, तारल, खिरेगाउँ, ढिकगाड, चमतडीलगायत स्थानमा सोमबार पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो। पहिरो पन्छाएपछि राजमार्ग पुनःसञ्चालनमा आएको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए।

राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका यात्रु खुलेसँगै आ-आफ्नो गन्तव्यतर्फ लागेका छन्। यसका साथै गृहजिल्ला दार्चुला जान लागेका कानून, न्याय तथा संसदीयय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुसमेत बाटो खुलेसँगै आज दार्चुला प्रस्थान गरेका थिए।

गएको तीन दिनदेखि अवरुद्ध रहेको विद्युत् र नेपाल टेलिकमको सेवा पनि सञ्चालन भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved