बडादशैंको अन्तिम दिन राष्ट्रपतिबाट भक्तपुरको नवदुर्गा मन्दिरमा पूजा

नेपालभ्युज

बडादशैंको अन्तिम दिन राष्ट्रपतिबाट भक्तपुरको नवदुर्गा मन्दिरमा पूजा

काठमाडौं। बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजार्चना गरेकी छन्।

राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति भण्डारीले बुधबार अपराह्न मन्दिरमा पुगेर नवदुर्गाको पूजा गरी दर्शन गरेर प्रसाद ग्रहण गरिन्। राष्ट्रपति भण्डारीलाई नवदुर्गा मन्दिरका नाइके बिजेश बनमालाले नवदुर्गाको दर्शन गराएर नवदुर्गा भवानीको टीका र प्रसाद प्रदान गर्नाका साथै नवदुर्गाको मूर्तिसमेत अवलोकन गराएका थिए।

यसैबीच दुई बर्षअघि राष्ट्रपतिको प्रत्यक्ष सहभागितामा भएको भोजको खर्च रकम अझैंपनि नपाएको देवगणहरूले गुनासो गरेका छन्। भोजका लागि देवगणलाई जिम्मा दिएको खर्च भएको १ लाख ३५ हजार मध्ये केही रकम नपाएको गुनासो राष्ट्रपतिसमक्ष गरेको उनीहरूले बताएका छन्।

खर्च भएको रकम सूर्यबिनायक नगरपालिकाले ब्यहोर्ने आश्वासन पटक पटक पाएपनि रकम भने उपलव्ध हुन नसकेको उनीहरूले बताए। त्यस्तै ९ महीना लामो जात्राका क्रममा आफुहरूको स्वास्थ्य समस्या भएपनि यसबारेमा कसैले चासो नदेखाएको गुनासो छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved