सिरियामा सेनाको बसमा बम बिस्फोट, तेह्रको मृत्यु

नेपालभ्युज

सिरियामा सेनाको बसमा बम बिस्फोट, तेह्रको मृत्यु
सांकेतिक फोटो।

सिन्हा। सिरियाको राजधानी दमासकसमा सैनिकहरू चढेको एक बसलाई लक्षित गरी गरिएको बम विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ।

सिरियामा यो वर्षकै सबैभन्दा खतरनाक आक्रमणको घटना भएको साना समाचार समितिले जनाएको छ। राजधानीको एउटा प्रमुख पुलमा दुई बिस्फोटक पदार्थ प्रयोग गरी आतंककारीहरूले सैनिक बसमा गराएको बम विष्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका जनाइएको छ।

दमासकसमा हालैका वर्षहरूमा केही हदसम्म हिंसा कम भएको थियो। इस्लामिक स्टेट्स (आइएस) जिहादी समूहले २०१७ को मार्चमा जस्टिस प्यालेस लक्षित बम विस्फोट गराएपछि कम्तीमा ३० जना मारिएका घटनापछि राजधानीमा भएको यो सबैभन्दा घातक आक्रमण हो। यस बम आक्रमणको हाल कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। तर विगतमा यस्ता हमलाहरूको आईएस जिहादी समूहले दाबी गर्ने गरेका थिए।

दशकौं पुरानो युद्ध सकिएको र पुनर्निर्माण प्रयासलगायत लगानी परियोजनाहरू शुरू गर्न को लागी स्थिरताको ग्यारेन्टी गरेको सरकारलाई पछिल्लो बम विष्फोटले चुनौती दिएको छ। राष्ट्रपति बशर अल असदको सरकारले आफूलाई अन्तराष्ट्रिय स्तरबाट अलग भएको यस अवस्थालाई बाहिर निकाल्ने कोशिस गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved