सीता भण्डारी मृत्यु प्रकरण : डेढ महिनापछि अन्त्येष्टि

नेपालभ्युज

सीता भण्डारी मृत्यु प्रकरण : डेढ महिनापछि अन्त्येष्टि

बुटवल। ४६ दिनअघि घरमै मृत अवस्थामा फेला परेकी रुपन्देहीस्थित मणिग्रामकी सीता भण्डारी पौडेलको आज (बुधबार) अन्त्येष्टी गरिएको छ।

माइती पक्षले सीताको हत्या भएको दावी गर्दै हत्यारालाई कारबाही नहुँदासम्म शव नउठाउने अडान लिएपछि डेढ महिनादेखि शव लुम्बिनी प्रदेशिक अस्पतालको शवगृहमा थियो। सीताले झुण्डिएर आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुगेपछि अनुसन्धानमा प्रहरी नै संलग्न भएको आरोप लगाउँदै माइती पक्ष निरन्तर आन्दोलनरत थियो।

अहिले सीताका घरपक्षका पौडेल परिवारले माइती पक्षलाई विवाह गर्दा लागेको १० लाख र सापटी लिएको एक लाखसहित ११ लाख रुपैयाँ दिने सहमति भएपछि सीताको अन्त्येष्टि गर्न माइती पक्ष तयार भएको हो। बुटवलको मगरघाटमा बुधबार दिउसो अन्तेष्टि गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। सहमित अनुसार आगामी दिनमा अदालती प्रक्रियामा हस्तक्षेप हुने गरी माइती पक्षले आन्दोलन गर्न पाउने छैनन्।

केन्द्रीय अनुसन्धान ब्यूरो समेत संलग्न भई गरिएको अनुसन्धानमा प्रहरीले सीताको हत्या नभई आत्महत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। सीताले मोबाइलमा ‘सुसाइड नोट’ लेखेको भेटिएको प्रहरीको दावी छ।

प्रहरीले सीताका पति टीका पौडेल, जेठाजु तिलोत्तमा– ५ का वडा सदस्य हरि पौडेल र आमाजू विष्णुलाई पुर्पक्षका लागि थुनामा राखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved