बाढीपहिरो अपडेट : देशभर मृत्यु हुनेको संख्या ४८ पुग्यो

नेपालभ्युज

बाढीपहिरो अपडेट : देशभर मृत्यु हुनेको संख्या ४८ पुग्यो

काठमाडौं। मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर आज (बुधबार) मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन्।

विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन्। गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा नौ जना छन्। दुई जिल्लामा पहिराले मानवीय क्षति गराएको हो।

त्यसपछि पहिरामा परी हुम्ला, धनकुटा र पाँचथरमा ६/६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। यस्तै बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए।

पहिरामा परेर सबैभन्दा बढी बझाङमा २३ जना बेपत्ता भएका छन्। यस्तै डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँच जना बेपत्ता छन्। विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन्। असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो।

यो क्रम आज पनि जारी छ। हराएकाको खोजी कार्य र फसेकाको उद्धार कार्य जारी रहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved