अविरल वर्षापछिको बाढी-पहिरोले देशभर तहसनहस (भिडियो)

वर्षाका कारण कालिकोट, डडेलधुरा, बझाङ, गुल्मी, प्युठान, अछाम, डोटी, पाल्पा, कञ्चनपुर, दैलेख र बर्दियामा बढी प्रभाव परेको छ।

नेपाल भ्युज

काठमाडौं। मुलुकभर एक्कासी मौसम बदली भएर वर्षा हुँदा नेपालको विभिन्न क्षेत्र डुबानमा परेको छ।

हाल बंगालको खाडीमा र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण वर्षा हुँदा नेपालको विभिन्न क्षेत्र डुबानमा परेको हो।

वर्षाका कारण कालिकोट, डडेलधुरा, बझाङ, गुल्मी, प्युठान, अछाम, डोटी, पाल्पा, कञ्चनपुर, दैलेख र बर्दियामा बढी प्रभाव परेको छ। मुख्यगरी सेती, महाकाली, कर्णाली, पश्चिम राप्तीलगायत ठूला तथा त्यसका सहायक नदीमा बाढीको बहाव उच्च रहेको छ।

पूर्वका अधिकांश स्थान डुबान भएको छ। बाढीका कारण विभिन्न राजमार्गहरु अवरुद्ध भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved