हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

मृत्यु हुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुरा रहेका छन्।

नेपालभ्युज

हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु
सांकेतिक तस्वीर

कञ्चनपुर। कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका-१२ वसन्तपुरमा हात्तीको आक्रमणबाट दम्पतीको निधन भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुरा रहेका छन्। उनीहरुको बुधबार बिहान मृत्यु भएको हो।

प्रहरीले दिएको जानकारीअनुसार नजिकैको सामुदायिक वनबाट ९/१० को संख्यामा रहेको जङ्गली हात्तीको समूह गाउँ पसेपछि स्थानीयले हो-हल्ला गरेका थिए। सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved