च्याम्पियन्स लिग

रियल मड्रिडको शानदार जित

रियल मड्रिडको जितमा ब्राजिली स्टार भिनिसियस जुनियरले दुई तथा कप्तान करिम बेन्जेमा र रोड्रिगोले एक एक गोल गरे। रियल एक गोल भने उपहार पाएको थियो।

नेपालभ्युज

रियल मड्रिडको शानदार जित

काठमाडौं। यूईएफए च्याम्पियन्स लिगमा रियल मड्रिडले साख्तर डोनेक्समाथि शानदार जित निकालेको छ।

गएराति युक्रेनी क्लब डोनेक्सको मैदानमा भएको खेलमा स्पेनिस जायन्ट रियलले ५-० गोल अन्तरको जित निकालेको हो।

रियल मड्रिडको जितमा ब्राजिली स्टार भिनिसियस जुनियरले दुई तथा कप्तान करिम बेन्जेमा र रोड्रिगोले एक एक गोल गरे। रियल एक गोल भने उपहार पाएको थियो।

युक्रेनको एनएसके ओलम्पिक रंगशालामा भएको खेलमा रियलले उपहार गोलमार्फत पहिलो हाफमै अग्रता बनाएको थियो। खेलको ५१ औँ र ५६ औँ मिनेटमा भिनिसियसले गोल गरे ।

यस्तै, खेलको ६५ औँ मिनेटमा रोड्रिगोले तथा इन्ज्युरी समयमा बेन्जेमाले गोल गर्दै रियललाई ५-० को शानदार जित दिलाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved