बाढी, पहिरोमा परी डोटीमा आठको मृत्यु

नेपाल भ्यूज

बाढी, पहिरोमा परी डोटीमा आठको मृत्यु

डोटी। मंगलबार मात्रै जिल्लामा आएको बाढी, पहिरोमा परी डोटीमा आठ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार बाढी, पहिरोमा परी मृत्यु हुनेमा जिल्लाको शिखर नगरपालिका–११ की अन्दाजी ३५–३६ बर्सिया मन्दरा बलायर, जोरायल गाउँपालिका–३ का अन्दाजी ६२–६३ वर्षीय जोगी सार्की, सोही गाउँपालिका–४ का अन्दाजी ४२ का  शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ बर्सिया पवित्रा विक, १६ वर्षीय रविन विक रहेका छन्।

यसैगरी तीन दिनदेखिको लगातारको बर्सातका कारण जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो गई स्थानीय वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिए उहाँका छोरा १५ वर्षीय सागर र ११ आशिष कुन्जेडाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

उता जिल्लाको सायल गाउँपालिका–१ स्थित छत्रे खोलाले बगाउँदा स्थानीय ७४ वर्षीय वीरे रोकाया बेपत्ता भएको अस्थायी प्रहरी पोस्ट छपालिले जनाएको छ। उनको खोजी कार्यका लागि प्रहरी टोली परिचालन भए पनि फेला पार्न सकिएको छैन।

यसैगरी केआइसिंह गाउँपालिका–४ मा पहिराको जोखिममा परेकाहरू विस्थापित भई गाउँपालिकाको कार्यालय, स्वरोजगारको कार्यालय, प्रहरी चौकी वायल र स्थानीय मन्दिरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैगरी दिपायल सिलगढी नगरपालिका–८ पाङरिमा अन्दाजी १५–२० घरधुरी परिवार पहिराको जोखिममा परी विस्थापित भई सुरक्षित वासस्थानका लागि स्थानीय दुर्गा आधारभूत विद्यालयमा राखिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved