पहिरो गएपछि यस्तो छ बझाङको थलाराको अवस्था (फोटो फिचर)

नेपाल भ्युज

पहिरो गएपछि यस्तो छ बझाङको थलाराको अवस्था (फोटो फिचर)
पहिरोले गएपछि थलाराको अवस्था

बझाङ। पहिरो जाँदा २३ जना बेपत्ता भएपछि बझाङको थलारा ४ डिख्लामा उद्धार जारी छ। गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा सात घर पुरिएपछि स्थानीयले खोजतलास गरिरहेका छन्।

नजिकको ढोपा भन्ने स्थानबाट प्रहरी सहायक निरीक्षकको टोली उद्धारको लागि गएको बझाङका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक रूपक खड्काले बताए। पहिरोमा बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना छन्। नरे सार्कीका घरका पाँच जना रहेको स्थानीयले जनाएका छन्।

तस्वीर – स्थानीय पत्रकार प्रताप वलीको फेसबुकबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved