बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

नेपालभ्युज

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं। कात्तिक ७ र ८ गते पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ।

सरकारले कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भने पनि यो समय दशैंभित्र परेकाले मिति परिवर्तन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बालबालिकालाई भिटामिन खुवाउन जाँदा सही तरिकाले मास्क लगाएर जान र कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्दै अन्य स्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले अनुरोध गरेको छ।

भिटामिन ‘ए’ ६ महीनादेखि माथिकालाई खुवाइन्छ भने जुकाको औषधि भने एक वर्षदेखि पाँच वर्षमुनिकालाई खुवाउने गरिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved