८९ दिनदेखि सानेपामा रौतहट कांग्रेसको धर्ना

नेपालभ्युज

८९ दिनदेखि सानेपामा रौतहट कांग्रेसको धर्ना
फाइल फाेटाे

काठमाडौं। क्रियाशील सदस्यता विवाद मिलाउन भन्दै ८९ दिनदेखि कांग्रेस मुख्यालय सानेपामा रौतहट कांग्रेसले धर्ना दिइरहेको छ।

पार्टीमा नेतृत्वले विधि र पद्धति मिचेर कब्जा गर्ने नियतले मनोमानी गरेको भन्दै उनीहरूले निरन्तर रूपमा धर्ना दिएका हुन्। धर्नाका क्रममा आफूहरूलाइ पार्टीका नेताहरूले भेटघाट गरे पनि समस्या समाधान गर्न ठोस पहल नगरिएको उनीहरूको गुनासो छ।

कोषाध्यक्ष साहसहित ९८ जना रौतहटका नेता कार्यकर्ताको क्रियाशील सदस्यता नवीकरण नभएको उनीहरूको गुनासो छ। रौतहट क्षेत्र नं. १ मा जिल्ला सभापति र क्षेत्रीय सभापति मिलेर एकलौटी गरेको र सो क्षेत्रका ४१ वटा वडामध्ये ३१ वडामा क्रियाशील सदस्यताको विवाद रहेको पूर्वराज्यमन्त्रीसमेत रहेका कांग्रेस नेता बज्रकिशोर सिंहले बताए। विधिविधानविपरीत भएका कामहरूलाई बदर गर्न र विधि विधानअनुरूप नै क्रियाशिल सदस्यता वितरण हुनुपर्ने उनको माग छ।

छानबिन समितिले छानबिन थालेलगत्तै उजुरी बोकेर उनीहरू काठमाडौं आएका थिए। तर समितिले कुनै सुनुवाइ नगरेपछि बाध्य भएर धर्नामा बस्नु परेको उनीहरूको गुनासो छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved