बेलायतमा झन् बढ्यो कोरोना संक्रमण, एकै दिन ५० हजार संक्रमित

नेपालभ्युज

बेलायतमा झन् बढ्यो कोरोना संक्रमण, एकै दिन ५० हजार संक्रमित

बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमित बढ्दै गएको छ। यहाँ २४ घण्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार संक्रमित भेटिएका छन्।

बेलायतका अधिकारीहरूले संक्रमण घट्न नसकेको देखिएको बताएका छन्। सोमबार यहाँ ४९ हजार १५६ जना सङ्ंक्रमित देखिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

यो संख्या यहाँ महिनौँपछिको सबैभन्दा धेरै हो। पछिल्ला केहीदिनमा यहाँ संक्रमण झन् बढेको पाइएको छ। अधिकारीहरूले बेलायतमा अहिलेसम्म संक्रमित संख्या करिब ८५ लाख पुगेको पनि जनाएका छन्।

यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा ४५ जनाको निधन भएको छ। यो समेतगरी यहाँका १ लाख ३८ हजार भन्दा धेरै मानिसको यो संक्रमणबाट ज्यान गएको छ।

महिनौँपछि यहाँ ठूलो संख्याका संक्रमितहरू पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गरेका छन्। यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन्।

बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये सात हजार ७०० जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved