बाढी-पहिरो प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई देउवाको निर्देशन

महाकाली नदीमा आएको बाढीले सुदूरपश्चिमका कञ्चानपुर र कैलालीसहितका जिल्लामा भएको कटान र डुबानमा परेकाहरुको तत्काल उद्धार गर्न देउवाले निर्देशन दिएका हुन्।

नेपालभ्युज

बाढी-पहिरो प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई देउवाको निर्देशन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाँडलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गृहमन्त्री खाँडलाई बोलाएर देउवाले तत्काल उद्धार र राहतमा लाग्न निर्देशन दिएका हुन्।

महाकाली नदीमा आएको बाढीले सुदूरपश्चिमका कञ्चानपुर र कैलालीसहितका जिल्लामा भएको कटान र डुबानमा परेकाहरुको तत्काल उद्धार गर्न देउवाले निर्देशन दिएका हुन्।

निरन्तरको वर्षाका कारण सोमबार रातिदेखि महाकाली नदीमा पानीको सतह बढ्दा कञ्चनपुर र कैलालीमा क्षति पुगेको छ।

देउवाले वर्षाका कारण सुदूरपश्चिमसँगै विभिन्न क्षेत्रमा रहेका प्रभावितहरुको तत्काल उद्धार र राहतमा लाग्न गृहमन्त्रीलाई निर्देशन दिएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved