टी-ट्वान्टी विश्वकप

श्रीलंका र आयरल्याण्ड विजयी

विश्वकप क्रिकेट अन्तर्गत समूह ए को खेलमा आयरल्याण्डले नेदरल्याण्डलाई ७ विकेटले पराजित गर्यो।

नेपालभ्युज

श्रीलंका र आयरल्याण्ड विजयी

काठमाडौं। टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत गएराति भएका खेलमा श्रीलंका र आयरल्याण्ड विजयी भएका छन्। जायद क्रिकेट रंगशाला अबुधावीमा भएका खेलमा नामिबिया र नेदरल्याण्ड पराजित भएका हुन्।

विश्वकप क्रिकेट अन्तर्गत समूह ए को खेलमा आयरल्याण्डले नेदरल्याण्डलाई ७ विकेटले पराजित गर्यो।

१०७ रनको विजयी लक्ष्य पछ्याएको आयरल्याण्डको जितमा ग्यारेथ डेलानीले ४४ तथा पल स्टर्लिङले अविजित ३० रन बनाए।

त्यसअघि, टस जितेर ब्याटिङमा आएको नेदरल्याण्डले निर्धारित ओभरमा जम्मा १०६ रन बनाएको थियो। उसका लागि म्याक्स ओडोडले ५१ रनको अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त बनेन।

नेदरल्याण्डका कप्तान पिटर सीलारले २१ रन बनाएका थिए। यता आयरल्याण्डका कर्टिस च्याम्परले ४ तथा मार्क अदैरले ३ विकेट लिए।

यस्तै, विश्वकप क्रिकेट अन्तर्गत समूह ए कै खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले नै पराजित गर्यो। नामिबियाले दिएको ९६ रनको विजयी लक्ष्य श्रीलंकाले १३ ओभर ३ बलमा ३ विकेटको क्षतिमा भेट्टायो।

उसका लागि नटआउट रहँदै भनुस्का राजापाक्षले ४२ अभिस्का फेर्नान्डोले ३० रन बनाए।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको नामिबियाले १९ ओभर ३ बलमा अलआउट हुँदै मात्र ९६ रन बनायो। उसका लागि सिराज विलियम्सले २९ तथा जेरार्ड इरास्मसले २१ रन बनाए।

श्रीलंकाका महेश थेक्सनाले ३ तथा लहिरु कुमारा र डे सिल्भाले समान २ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved