मन्त्रिपरिषद् बैठक

फुटबल खेलाडीले पाउने भए जनही पाँच लाख

सरकारले साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडीहरुलाई जनही पाँच लाख दिने निर्णय गरेको छ।

नेपालभ्युज

फुटबल खेलाडीले पाउने भए जनही पाँच लाख

काठमाडौं। सरकारले साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडीहरुलाई जनही पाँच लाख दिने निर्णय गरेको छ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली फुटबल टीमका खेलाडीलाई जनही पाँच लाख रुपैया प्रोत्साहन स्वरुप दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

सरकारले प्रशिक्षकहरुलाई पनि जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको कार्कीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved