नेकपा (एस) को सातै प्रदेशमा पदाधिकारी मनोनयन, कर्णालीमा बाँकी

नेपालभ्युज

नेकपा (एस) को सातै प्रदेशमा पदाधिकारी मनोनयन, कर्णालीमा बाँकी
फाइल तस्वीर

काठमाडौं। नेकपा एकीकृत समाजवादी नेकपा (एस) ले सातै प्रदेश कमिटी र प्रवास गरी पदाधिकारी मनोनयन टुंग्याएको छ।

नेकपा एसले प्रदेश १ अध्यक्षमा उदयपुरका पूर्वसांसद सुरेश कार्कीलाई मनोनित गरेको छ भने उपाध्यक्षमा खोटाङका प्रदेशसभा सदस्य राजन राईलाई मनोनित गर्ने निर्णय गरेको हो। त्यस्तै सचिवमा मोरङका महेश रेग्मी छन्।

प्रदेश १ इन्चार्ज भने पार्टी उपाध्यक्षसमेत रहेका घनेन्द्र बस्नेतलाई बनाइएको छ।

प्रदेश २ अध्यक्षमा सिरहाका पूर्वसांसद रामचन्द्र यादव भएका छन्। सचिव सर्लाहीका लक्ष्मण पौडेल भएका छन्। प्रदेश इन्चार्जमा सिरहामै धर्मनाथप्रसाद साह भएका छन्। यिनी पनि नेकपा (एस) का उपाध्यक्ष हुन्।

बागमती प्रदेश कमिटी अध्यक्षमा सावित्रा भुसाल र सचिवमा काभ्रेका प्रदेशसभा सदस्य लक्ष्मण लम्साल चयन भएका छन्। त्यसैगरी इन्चार्जमा केदार न्यौपाने छ। गण्डकी प्रदेश कमिटी अध्यक्षमा तुलबहादुर गुरुङ,उपाध्यक्ष रामजीप्रसाद शर्मा र सचिवमा प्रतापलाल श्रेष्ठलाई जिम्मा दिएको छ। गण्डकी इन्चार्जमा चुडामणि जंगली छन्।

यसैगरी लुम्बिनी अध्यक्ष मेटमणि भएका छन्। सचिव रुपन्देहीका राजु गुरुङलाई बनाइएको छ भने प्रदेश इन्चार्ज भागवत विश्वासी भएका छन्। त्यसैगरी सहइन्जार्ज सोमप्रसाद पाण्डे र दलबहादुर सुनारलाई बनाइएको छ।

कर्णाली प्रदेश कमिटीको अध्यक्ष भने तोक्न बाँकी रहेको पार्टीले बताएको छ। कर्णाली सचिवमा राष्ट्रियसभा सदस्य ठगेन्द्र प्रकाश पुरी र इन्चार्जमा उपमहासचिव प्रकाश ज्वाला छन्।

सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा विक्रम शाही, उपाध्यक्ष हर्कबहादुर सिंह,शेरबहादुर कुँवर र सचिवमा दिनेशन्द्र सुवेदी छन्। इन्चार्ज गरिमा शाहलाई तोकिएको छ।

पार्टीको प्रवास प्रदेशको इन्चार्ज स्थायी कमिटी सदस्य श्रीप्रसाद साहलाई बनाइएको छ।

अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि)मा प्रदेश कमिटीका इन्चार्ज,सहइन्चार्ज,अध्यक्ष,उपाध्यक्ष,सचिव र उपसचिवको नाम पठाइएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved