सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

नेपालभ्युज

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं। सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर सोमबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको फाङफुङ क्षेत्र आसपास केन्द्र भएर भूकम्प गएको हो।

सोमबार दिउँसो १ बजेर ४७ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्प ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ।

सिस्मोलोजिष्ट भरत कोइरालाका अनुसार १ बजेर ५७ मिनेटमा समेत सोही स्थानमा ४ दशमलव ७ म्याग्निच्युडकै भूकम्प मापन गरिएको छ। धक्का सिन्धुपाल्चोक, काभ्रे, रामेछापलगायत क्षेत्रमा महसुस गरिएको थियो। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved