माओवादीको महाधिवेशन कार्यतालिका पुनः हेरफेर !

नेपालभ्युज

माओवादीको महाधिवेशन कार्यतालिका पुनः हेरफेर !
फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीको आगामी महाधिवेशनको कार्यतालिकामा पुनः हेरफेर गर्ने भएको छ।

पार्टी कार्यालय पेरिस डाँडामा आज बसेको स्थायी कमिटी बैठकले महाधिवेशनका केही कार्यतालिकामा हेरफेर गर्ने निर्णय गरेको हो। भोलि पुनः स्थायी समिति बैठक बस्ने र यस विषयमा आवश्यक निर्णय लिने बताइएको छ।

बैठकले स्थानीय तथा प्रदेश सम्मेलनको मिति नयाँ तय गर्ने छ। नयाँ मिति प्रस्ताव ल्याउने जिम्मेवारी संगठन विभागलाई दिइएको छ। यसअघि माओवादीले यही कार्तिक १३ गते वडा सम्मेलन गर्ने र मंसीर ४ गते पालिकाहरुको सम्मेलन गर्ने निर्णय गरेको थियो।

बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी स्थायी समिति सदस्य तथा प्रवक्ता कृष्णबहादुर महराले सम्मेलनका लागि स्थानीय सम्मेलन, प्रदेश सम्मेलन, विभाग गठनका साथै पार्टी सदस्यताका विषयमा छलफल गरिएको जनकारी दिए।

यस्तै भोलि बस्ने बैठकले पार्टी सदस्यताका लागि १५ दिनको म्याद तप गर्ने भएको छ। माओवादीले गत ३१ असोजसम्म पार्टी सदस्यता नवीकरणको समय तय गरेको थियो।

माओवादी केन्द्रले आगामी पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्दैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved