वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

नेपाल भ्यूज

वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य “किरण” को स्वास्थ्य अवस्था बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन्।

श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार नर्भिक अस्पतालमा भर्ना भएका वैद्यको अस्पताल पुगेर प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

लामो समयदेखि दमका बिरामी वैद्यलाई आइतबार दम बढेपछि अस्पताल भर्ना गरिएको थियो।

वैद्यको अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved