काठमाडौं। साफ च्याम्पियनको उपविजेता नेपाली फुटबल टोली आज काठमाडौं फर्किंदै छ।
नेपाली राष्ट्रिय खेलाडी र प्रतिनिधिको टोली आज बिहान ९ः१५ बजे काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
माल्दिभ्समा भएको प्रतियोगिताको फाइनलमा गत शनिबार भारतसँग ३-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो।
प्रशिक्षक अब्दुल्ला अलमुताइरीले भने तत्काल नेपाल नफर्किने बताएका छन्। फाइनलको हारपछि प्रशिक्षक अलमुताइरीले पछिल्लो ६ महीनाको नेपाल बसाइ निकै कठिन रहेको प्रतिक्रिया दिँदै एक दुई हप्ता परिवारसँग केही समय बिताउन चाहेको बताएका थिए।
उनले त्यसपछि मात्र नेपाल आउने वा नआउने बारे अन्तीम निर्णय बताएका छन्।
Facebook Comment
Comment