फ्रान्ससँग सम्बन्ध सुधार गर्न अमेरिकाको बेलायतलाई आग्रह

फ्रान्सले तीन देशले आफ्नो पछाडिबाट छुरा हान्ने काम गरेको सार्वजनिक अभिव्यक्ति दिएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेन लगायत अमेरिकी कूटनीतिज्ञले फ्रान्स र ब्रसेल्ससँग सम्बन्ध सुधारको प्रयास गरेका थिए। यसका लागि अमेरिकी विदेशमन्त्री ब्लिंकेनले फ्रान्सको भ्रमण नै गरेका थिए।

नेपालभ्युज

फ्रान्ससँग सम्बन्ध सुधार गर्न अमेरिकाको बेलायतलाई आग्रह

एजेन्सी। अमेरिकाले बेलायतसँग फ्रान्ससँग सम्बन्ध सुधार गर्न आग्रह गरेको छ। सेप्टेम्बरमा अमेरिका, अष्ट्रेलिया र बेलायतबीच भएको ओकस सम्झौतासँग फ्रान्ससँग बिग्रिएको सम्बन्ध सुधार गर्न अमेरिकाले बेलायतसँग आग्रह गरेको हो।

ओकस सम्झौतासँग अष्ट्रेलियाले फ्रान्ससँग सन् २०१६ मा भएको सम्झौताबाट बाहिरिने निर्णय गरेको थियो। उक्त सम्झौता अनुसरा अष्ट्रेलियाले ६६ बिलियन अमेरिकी डलर बराबरको डिजेलबाट चल्लने पनडुब्बी जहाज खरिद गर्दै थियो। अमेरिका र बेलायतसँग सम्झौता भएसँगै अष्ट्रेलियाले परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बी निर्माणमा सहयोग प्राप्त गर्ने भएपछि फ्रान्ससँगको सम्झौताबाट बाहिरिने निर्णय गरेको थियो।

गोप्य र अचनाक भएको सम्झौताका कारण लण्डनका अतिरिक्त वाशिङटन र क्यानवेराको पेरिससँग विश्वासको संकट उत्पन्न भएको थियो।

फ्रान्सले तीन देशले आफ्नो पछाडिबाट छुरा हान्ने काम गरेको सार्वजनिक अभिव्यक्ति दिएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेन लगायत अमेरिकी कूटनीतिज्ञले फ्रान्स र ब्रसेल्ससँग सम्बन्ध सुधारको प्रयास गरेका थिए। यसका लागि अमेरिकी विदेशमन्त्री ब्लिंकेनले फ्रान्सको भ्रमण नै गरेका थिए।

विदेशमन्त्री ब्लींकेनले ५ अक्टोरबरमा फ्रान्सका विदेशमन्त्री जीन–यवेस ले ड्रियनसँग पेरिसमा भेटेका थिए। यस्तै अमेरिकी सरकारका राष्ट्रिय सुरक्षा सल्लाकार जेक सिलिवानले पनि फ्रान्सका विदेश मामिला सल्लाकार इम्यानुयल बोनीसँग भेटवार्ता गरेका छन्। यस्तै फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रेनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग जी–२० देशको बैठकका क्रममा रोममा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

अमेरिकाले फ्रान्ससँगको सम्बन्ध सुधारका लागि सबै प्रयासलाई जारी राख्दा बेलायतका प्रधानमन्त्रीले भने कुनै पहल नगर्दा अमेरिका निराश रहेको बताइन्छ। फ्रान्सको असन्तोषप्रति चिडिएको बताइएको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले फ्रान्ससँग सम्बन्ध सुधारका लागि पहल गरेका छैनन्।

एक कूटनीतिज्ञले भने, ‘हामीले बेलायत, अमेरिका र युरोपलाई तीन स्तम्भ मानेका थियौँ, तर बेलायतले युरोपसँगको सम्बन्ध सुधारका लागि कुनै पहल गरेको छैन।’ ती कूटनीतिज्ञले बेलायतले युरोपसँग सम्बन्ध सुधारका लागि रणनीतिक कदम चाल्ने विश्वास व्यक्त गरेका छन्।
एक अमेरिकी कूटनीतिज्ञले अष्ट्रेलियालाई फ्रान्ससँगको सम्बन्धलाई हठात रुपमा बिगार्न लगाउनु गल्ती भएको बताउँछन्। उनी अष्ट्रेलिया, अमेरिका र बेलायतबीचको सुरक्षा सम्झौता घोषणा अघि तीन महीनाको समय अवधि लिँदा राम्रो हुन्थ्यो भन्छन्।

अष्टेलियाले फ्रान्ससँगको सम्झौताबाट बाहिरिँदै अमेरिका र बेलायतको प्रस्ताव स्वीकार गरेपछिको अवस्थालाई कसरी अगाडी बढाउने भन्ने विषयमा बाइडेन प्रशासनभित्र असहमति रहेको खबर बाहिरिएको छ। केही नयाँ सुरक्षा सम्झौताबाट फ्रान्सलाई बाहिर राख्नु बुद्धिमतापूर्ण कार्य नभएको बताउँछन्। जर्मनमा हालै सम्पन्न भएको निर्वाचन पश्चात युरोपको नेतृत्व फ्रान्सले गर्ने संकेत मिलेबाट पनि त्यसअघि भएको सुरक्षा सम्झौता अपरिपक्क देखिएको विश्लेषण हुने गरेको छ।

फ्रान्सले अमेरिकाबाट पाएको धोकाको बदलामा वाशिङटनबाट युरोपको रक्षाका लागि नाटोको सुदृढिकरणको कुरा उठाएको छ। फ्रान्सले अमेरिकासँगको सम्बन्ध सुधारका लागि आफ्नो उक्त प्रस्तावलाई न्यूनतम विन्दु बनाउन सक्ने आकलन गर्न थालिएको छ।

यस्तै इन्डो प्यासिफिक क्षेत्रमा युरोपको भूमिकाका विषयमा पनि फ्रान्सले अमेरिकासँग वार्ता गर्ने इच्छा राख्नेछ। अगामी वर्ष युरोपियन युनियनको अध्यक्षका लागि हुने निर्वाचनमा फ्रान्सले अमेरिकाले दिएको धोकाको बदला लिन यस्ता विषय उठाउन सक्ने आकलन गर्न थालिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved