काठमाडाैं। साफ च्याम्पियनसिपमा नेपालको इतिहास रच्ने मौका गुमेको छ। उत्कृष्ट प्रदर्शनका बाबजुद सर्वाधिक सात पटकको विजेता भारतसँग नेपाल ३-० गोलले पराजित भयो।
भारतसँगका २३ खेलमध्ये नेपालको यो १६ औँ हार हो भने नेपालले भारतलाई दुई पटक मात्रै हराएको छ।
शनिबार राति माल्दिभ्समा भएको खेलमा २८ वर्षपछि फाइनलमा पुगेको नेपालले अत्यन्तै डिफेन्सिभ खेलेपनि इतिहास बनाउन सकेन।
अत्यधिक आक्रामक खेल खेलेपनि नेपालको डिफेन्सिभ रणनीतिका कारण पहिलो हाफमा भारतले गोल गर्न सकेन। भारी प्रहारका कारण भने नेपाली खेलाडीलाई बल नियन्त्रण गर्न निकै गाह्रो देखिएको थियो।
नेपालले आक्रामक खेल खेल्ने प्रयास गरेपनि भारतको दबदबा यथावत रह्यो। भारतले लगातार गोलको मुभ बनाइरहँदा नेपालका डिफेन्डर र किप्पर किरण चेम्जोङले राम्रो बचावट गरिरहेका थिए।
चौथो मिनेटमै भारतको दुई प्रयासलाई नेपालका किप्पर किरण चेम्जोङले बिफल पारेका थिए।
२७ औँ मिनेटमा सुनिल क्षेत्रीको नजिकको प्रहारलाई नेपालका किप्पर किरणले बचाए।
यसपछि खेलको ४४ औँ मिनेटमा सुनिलले गोल गर्ने मौका खेर फाले र पहिलो हाफ बराबरीमा सकियो।
तर दोस्रो हाफको खेल शुरु भएसँगै भारतले लगातार दुई गोल प्रहार गर्यो।
दोस्रो हाफको पहिलो तीन मिनेटमै सुनिलले गोल गरेर भारतलाई अग्रता दिलाए भने त्यसको २ मिनेटपछि अर्थात् खेलको ५० औँ मिनेटमा सुरेश सिँहले भारतको तर्फबाट दोस्रो गोल गरे। यसैगरी भारतका सहल अब्दुलले ९०औँ मिनेटमा तेस्राे गाेल गरेका थिए।
६७ औं मिनेटमा भारतले थप गोल गर्ने मौका पाएकोमा सुनिल क्षेत्रीको वन टू वन प्रहारमा किप्पर किरणले उत्कृष्ट बचावत गरेका थिए। ७७ मिनेटमा नेपालले गोल फर्काउने राम्रो माौका पाएकोमा डिफेन्डर रोहित चन्दको हेडर क्रस बारमा लागेर बाहिरियो।
आजको खेलमा नेपाल पराजित भएपनि किप्पर किरण र डिफेन्डर रोहित चन्दले उत्कृष्ट प्रदर्शन गरे।
Facebook Comment
Comment