रुबि खान अस्पताल भर्ना

नेपालभ्युज

रुबि खान अस्पताल भर्ना
बेपत्तापछि हत्या गरिएकी निर्मला कुर्मीका लागि न्याय माग्दै अभियन्ता रुवी र उनका साथीहरूले माइतीघरमा गरिएको धर्ना

काठमाडौं। नौ दिनदेखि अनसनरत रुबि खान अस्पताल भर्ना भएकी छन्। स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई शनिबार साढे चार बजे महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना गरिएको हो।

बाँकेका नकुन्नी धोबीको हत्या र बेपत्ता भनिएकी निर्मला कुर्मीको अवस्थाबारे अनुसन्धान गरी दोषीलाई कारबाहीको माग गर्दै रुबिसहित १६ जना न्यायका लागि काठमाडौं आएका थिए। १९ दिन बाँकेमा धर्ना दिए पनि प्रहरीले चुस्त अनुसन्धान नगरेको भन्दै २० दिन पैदल हिँडेर काठमाडौं आएका उनीहरू माइतीघर मण्डलामा निरन्तर धर्नामा छन्।

आन्दोलनको नेतृत्व गरिरहेकी रुबि लाई प्रहरीले एक साता हिरासतमा लिएर बिहीबार छाडेको छ। गएको शुक्रबार माइतीघरमा आन्दोलनरत १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएकोमा रुबिलाई बाँके पुर्याएर अरुलाई शनिबार छाडेको थियो।नौ दिनदेखि पानी पनि नखाइ अनसनमा बसेकी रुबिको श्वासप्रश्वासमा समस्या देखिएको छ। शरीरमा पानीको मात्रा कम भएपछि उनलाई अस्पताल लगिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved